प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । मन्त्री गुप्ता बालुवाटार पुगिसकेका छन् ।

घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन बिचौलियासँग गरेको भनिएको संवादको अडियो बाहिरिएको छ ।

सार्वजनिक भएको अडियोमा गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको आरोप लागेको छ ।

उक्त अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।


सम्बन्धित समाचार