३० असार, काठमाडौं । आज (सोमबार) संसदमा पाँच जना मन्त्रीले मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने मन्त्रीहरूमा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का रहेका छन्।
यसका अतिरिक्त, प्रतिनिधि सभामा आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।















