Logo

३० असार,काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरू सहभागी भएको भनिएको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई मन्त्री लेखकले यस विषयमा तत्काल छानबिन अगाडि बढाउन निर्देशन दिएका हुन्। उनले भने, “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए? कुन विधि–प्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु। जानका लागि भिसाको प्रबन्ध कसले ग¥यो? लगायत विषयमा अनुसन्धान हुनेछ।“

यस प्रकरणको गहन छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने गृहमन्त्रीले जानकारी दिए। छानबिनबाट दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। यस भ्रमणका क्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै दर्जनौँ व्यक्तिहरूसँग १० देखि १५ लाख रुपैयाँसम्म असुल गरिएको खुलासा भएको थियो। स्पेन पु¥याइएकामध्ये कतिपय व्यक्तिहरू उतै लुकेर बसेको भन्ने प्रकरणमा प्रधानमन्त्रीलाई जोडिएपछि व्यापक विवाद उत्पन्न भएको थियो। गृहमन्त्रीको यो निर्देशनले उक्त विवादित विषयमा सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार