३० असार,काठमाडौं । आज बिहानैदेखि राष्ट्रिय परिचयपत्रको सर्भर डाउन हुँदा सयौं सेवाग्राही नारायणहिटी परिसरमा अलपत्र परेका छन्। परिचयपत्र बनाउनका लागि लामो लाइनमा बसेका उनीहरूलाई प्रहरीले गेटमै रोकेको छ।
सेवाग्राहीहरूले लामो प्रतीक्षापछि मात्रै सर्भरमा समस्या आएको जानकारी पाएको भन्दै गुनासो गरेका छन्। सर्भर डाउनको समस्या कहिले समाधान हुन्छ भन्नेबारे कर्मचारीहरूले यकिनका साथ भन्न सकेका छैनन्।
यसैबीच, गएरातिदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पनि सर्भर डाउन भएको छ। त्रिवि, त्रिवि सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय लगायतका महत्त्वपूर्ण वेबसाइटहरू पनि खुलेका छैनन्। यसले विश्वविद्यालयका विभिन्न शैक्षिक तथा प्रशासनिक कार्यहरूमा समेत असर पु¥याएको छ।

















