प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० असार,काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ को बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले यो बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो। विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले बैठकमा प्रस्तुत गरेको बजेटअनुसार, पुँजीगततर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

यो बजेटले विश्वविद्यालयको आगामी शैक्षिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ।


सम्बन्धित समाचार