३० असार, काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्नो केन्द्रीय सचिव सन्तोष देउजालाई भइरहेको धम्कीको कडा शब्दमा निन्दा गरेको छ। देउजाले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा स्पेन पुगेका केही ‘असम्बन्धित व्यक्तिहरू’ बारे अडियोसहितको समाचार कपुरबोट मिडियामार्फत सार्वजनिक गरेका थिए।
प्रेस सेन्टर नेपालले २०८२ असार ३० गते ९जुन १३, २०२५० जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उक्त समाचारप्रति सरकार पक्षका केही व्यक्तिहरूबाट सामाजिक सञ्जालमार्फत पत्रकार देउजालाई धम्की दिने, डरत्रास फैलाउने र विभिन्न लान्छनासहित चरित्र हत्या गर्ने जस्ता कार्य भइरहेका छन्। संगठनले यी कार्यहरू संविधान प्रदत्त प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले संगठनका सचिव देउजाको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराएका छन्।

















