Logo

३१ असार, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएका छन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिलसँग आफ्नो नाम जोडेर निरन्तर आइरहेका आरोपहरूको बीचमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। आज सार्वजनिक गरिएको राजीनामा पत्रमा गुप्ताले आरोपहरूको निष्पक्ष अनुसन्धानमा सहयोग पुगोस् भनी यो निर्णय गरेको बताएका छन्।

गुप्ताको पत्रमा भनिएको छ, ‘विगत केही दिनदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ।’

उनले आफ्नो राजीनामाले आरोपहरूको अनुसन्धानमा सहयोग पुग्ने र सत्य तथ्य बाहिर आउने आशा व्यक्त गरेका छन्। गुप्ताले ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनून् भन्ने अपेक्षा पनि व्यक्त गर्दै आफूलाई विभिन्न रूपले सहयोग गर्नेहरूलाई हार्दिक धन्यवाद दिएका छन्।

पत्रको अन्त्यमा, गुप्ताले देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ फेरि एकपटक सार्वजनिक जीवनमा फर्कने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो पार्टीले दिएको कुनै पनि जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रण गरेका छन्।


सम्बन्धित समाचार