३१ असार,रूपन्देही । मानव बेचबिखनको अभियोगमा फरार रहेकी एक महिलालाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल–११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार छिन्। परियारमाथि आठ वर्षअघि तीन जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन गर्न खोजेको आरोप लागेको थियो।
२०७४ सालदेखि फरार रहेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सोमबार लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उनीविरुद्ध मानव बेचबिखन कसुरमा मुद्दा परेको थियो। प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बताएको छ।















