Logo

३१ असार, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)ले पार्टी एकता प्रक्रियाबाट समायोजन भएका विभिन्न पार्टीका २० जना नयाँ वैकल्पिक केन्द्रीय सदस्य थपेको छ। यससँगै पर्साबाट बाबुराम कौशिक पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

पार्टी केन्द्रीय कार्यालय पदाधिकारी को असार २६ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले यी निर्णयहरू गरेको हो। बैठकले नयाँ थपिएका केन्द्रीय सदस्यहरूको जिम्मेवारी र कार्यक्षेत्रबारे पनि स्पष्ट पारेको छ। उनीहरुले उल्लेख गरिएको जिल्ला रहेको प्रदेश नै कार्यक्षेत्र यथावत रहने जनाएको छ।

यसका साथै, विगतमा पार्टीमा समायोजित भएका अन्यको जिम्मेवारी पनि उनीहरूको ठेगाना उल्लेख गरिएका जिल्ला रहेको प्रदेशमै यथावत रहने निर्णय गरेको छ। बैठकले मधेश प्रदेश गठनको सन्दर्भमा पनि महत्वपूर्ण निर्णय गरेको छ।

प्रदेश इन्चार्जको सिफारिस अनुसार मधेश प्रदेश गठन नहुँदासम्म प्रदेश सम्मेलनको तयारीका लागि एकता प्रक्रियाबाट समायोजन भएका कमरेडहरूलाई समेत समावेश गरी पुरानै प्रदेश समितिलाई तदर्थ समितिको रूपमा क्रियाशील गराउने निर्णय गरिएको छ। यसले मधेश प्रदेशमा पार्टी संगठनलाई थप चलायमान बनाउने विश्वास लिइएको छ।

थप गरिएका वैकल्पिक केन्द्रीय सदस्यहरु :-

१. क. किरण थापा (कास्की) – केन्द्रीय सदस्य

२. क. कृष्ण कुमार भण्डारी (काभ्रे) – वैकल्पिक केन्द्रीय सदस्य

३. क. मिनबहादुर दर्जी (झापा) – वैकल्पिक केन्द्रीय सदस्य

४. क. कृष्ण सापकोटा (बागलुङ) – वैकल्पिक केन्द्रीय सदस्य

५. क. मोदनाथ तिमिल्सिना (सिन्धुली) – वैकल्पिक केन्द्रीय सदस्य

६. क. प्रमिला यादव (धनुषा) – वैकल्पिक केन्द्रीय सदस्य

७. क. मेघराज तामाङ (रामेछाप) – वैकल्पिक केन्द्रीय सदस्य

८. क. डा. जयनारायण यादव (सिराहा) – वैकल्पिक केन्द्रीय सदस्य

९. क. राजु महर्जन (काठमाडौं) – वैकल्पिक केन्द्रीय सदस्य

१०. क. टीका कन्दङ्वा (तेह्रथुम) – वैकल्पिक केन्द्रीय सदस्य

११. क. अनिता थिङ (काभ्रे) – वैकल्पिक केन्द्रीय सदस्य

१२. क. शंकर अधिकारी (धादिङ) – वैकल्पिक केन्द्रीय सदस्य

१३. क. बद्री विलास मिश्र (लमजुङ) – वैकल्पिक केन्द्रीय सदस्य

१४. क. शोभा माझी (सिन्धुली) – वैकल्पिक केन्द्रीय सदस्य

१५. क. राकेश साह (महोत्तरी) – वैकल्पिक केन्द्रीय सदस्य

१६. क. राजन कुमार दनुवार (डोने) (उदयपुर) – वैकल्पिक केन्द्रीय सदस्य

१७. क. राजु क्षेत्री (कास्की) – वैकल्पिक केन्द्रीय सदस्य

१८. क. भरत प्रसाद साह (बारा) – वैकल्पिक केन्द्रीय सदस्य

१९. क. मुकुन्द दाहाल (महोत्तरी) – वैकल्पिक केन्द्रीय सदस्य

२०. क. बाबुराम कौसिक (पर्सा) – वैकल्पिक केन्द्रीय सदस्य


सम्बन्धित समाचार
भर्खरै