Logo

३२ असार,काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा १५ रुपैयाँको कमी आएको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य २ हजार २६० रुपैयाँमा कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै