Logo

३२ असार,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आगामी साउन १६ गते बस्ने भएको छ। पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार, असार २६ गते बसेको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेअनुसार मिति तय भएको हो।

बैठकमा जागरण अभियानको समीक्षा, नेताहरूको कार्यविभाजन, केन्द्रीय समिति बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले जानकारी दिए।

माओवादी केन्द्रको स्थायी समिति बैठक करिब एक वर्षपछि बस्न लागेको हो। यसअघि गत वर्ष साउनको अन्तिम साता बैठक बसेको थियो। उक्त बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, समस्या र समाधानका विषयमा १४ बुँदे प्रस्ताव पेस गरेका थिए।

 


सम्बन्धित समाचार
भर्खरै