३२ असार,वीरगञ्ज । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भएका दुई महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले ती विधेयकहरूलाई कानूनी मान्यता दिएकी हुन्।
प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२÷८३ का लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्। यी विधेयकहरूको प्रमाणीकरणसँगै मधेश प्रदेशमा आर्थिक तथा बजेटरी व्यवस्थापनका लागि बाटो खुलेको छ।















