Logo

३२ असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

यसअघि नै जसपाको कार्यकारिणी समितिले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, त्यसबीचमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूसँग जसपाका नेताहरूले भेटवार्ता गरेका थिए।

उक्त भेटवार्तामा भूमि विधेयकका अन्तर्वस्तु, सत्ता सहकार्य लगायतका विषयमा छलफल भएको थियो। तर, जसपा नेपालले भूमि विधेयकका अन्तर्वस्तुमा आफ्नो अडान नबदल्ने अडान कायम राखेको थियो। ओली र देउवाले संवादबाट समस्या समाधान गर्न सकिने बताए पनि जसपा आफ्नो अडानमा कायम रहँदै संसदीय दलको बैठकबाट समर्थन फिर्ताको निर्णयमा पुगेको हो।

 


सम्बन्धित समाचार
भर्खरै