३२ असार,वीरगञ्ज । मधेस प्रदेशको चालू पाँचौं अधिवेशन अन्त्य भएको छ । मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ असार ३२ गतेको बैठकबाट गरिएको सिफारिसअनुसार प्रदेश प्रमुखले मधेश प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असार आज राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी गराउनुभएको छ । यो निर्णयसँगै मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ।

















