Logo

१ साउन,काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन्। मिश्रले वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन्।

स्मरण रहोस्, केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीहरूले पूर्ण अवधि काम गर्न पाउने गरी फैसला गरेको थियो। यस फैसलाको केही समयपछि नै मिश्रको राजीनामा आएको हो।

मिश्रको राजीनामाको कारणबारे विस्तृत विवरण भने आइसकेको छैन, तर उहाँले उठाउनुभएको ’सुशासनसँग सम्बन्धित असन्तुष्टि’ ले आयोगभित्रको आन्तरिक अवस्थाबारे प्रश्नचिह्न खडा गरेको छ।

 


सम्बन्धित समाचार