Logo

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा खुकुरी प्रहारबाट एक युवती गम्भीर घाइते भएकी छिन्।

बुधबार साँझ २७ वर्षीया एलिसा सुनुवारमाथि सोही ठाउँका ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख श्यामकृष्ण थापाका अनुसार, एलिसाको ढाडमा खुकुरी प्रहार भएको र उनको अवस्था नाजुक रहेको छ। सडकको अवस्था राम्रो नभएका कारण, थप उपचारका लागि सिमरिक एयरको हेलिकप्टरमार्फत उनलाई केएमसी अस्पताल, काठमाडौं लगिएको छ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई भने उमाकुण्डकै भुजी भन्ने ठाउँबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको कारण अझै खुल्न सकेको छैन। रामेछापका प्रहरी प्रमुख भोला भट्टले रजिनलाई भर्खरै जिल्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान गरिने जानकारी दिएका छन्।

 


सम्बन्धित समाचार