प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि लागेको ३२ लाख रुपैयाँ घुस लिएको आरोपबारे प्रष्टीकरण दिएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई बदनाम गर्न ‘स्वार्थ समूहले गलत प्रचार’ गरेको दाबी गरे। मन्त्री अधिकारीले अडियोमा आएका बोल्ने भाषा र व्यक्तिहरूसँग आफ्नो कुनै सम्बन्ध नभएको जिकिर गरे। उनले सञ्चारकर्मीहरूलाई पनि आफ्नोबारेमा समाचार लेख्दा तथ्यमा केन्द्रित हुन र सोधेर मात्र लेख्न आग्रह गरे । उनले चुनौती दिँदै भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन्। मेरो आवाज, मैले मागेको कुरा, भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।

यो प्रष्टीकरण घुसकाण्डमा लगातार मन्त्रीहरू मुछिएपछि र यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि आएको हो।


सम्बन्धित समाचार