२ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच शुक्रबार एकता घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा कार्यक्रम गरी एकता घोषणा हुन लागेको हो ।
एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।
एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको बताइएको छ।
एकतासम्बन्धी सहमति पत्रमा गत असार २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गरेका थिए ।















