२ साउन, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
जसले लगानीकर्ता र उपभोक्ता दुवैको ध्यान खिचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज सुन र चाँदी दुवैको भाउ बढेको हो । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा दुई सय रुपैंयाले बढेको छ। चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैंयाले वृद्धि भएको छ। मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदी को मूल्य प्रति तोला २ हजार २८० रुपैयाँ पुगेको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ र चाँदी २ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।















