Logo

२ साउन,रौतहट। रौतहटको राजदेवी नगरपालिका–१, लक्ष्मीपुर टोलबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको लागूऔषध नियन्त्रण ब्युरो शाखाको संयुक्त टोलीले बुधबार राति विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादव रहेका छन्। उनीहरू द्यच् ०५ ग् ५८६० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी का अनुसार, चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा विभिन्न प्रकारका लागूऔषध बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपककुमार राय ले जानकारी दिएअनुसार,उनीहरूको साथबाट नाईट्रो भेट (नाइट्राजेपाम) १० एमजी १८ सय ट्याब्लेट नाइट्राजेपाम, ९०० हजार ट्याब्लेट, (सानो पत्ता) पत्तामा ३०० ट्याब्लेट, नशालु इन्जेक्सन डाईजिपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनर्फिन ३०० एम्पुल बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ती लागूऔषध बिक्री वितरण गर्ने उद्देश्यले ल्याएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान सुरु गरिएको प्रवक्ता रायले बताएका छन्।


सम्बन्धित समाचार