Logo

२ साउन काठमाडौं । नेपालमा अबको केही दिन मौसम निकै खराब रहने सम्भावना देखिएको छ।

मौसमविद्का अनुसार भोली मध्यरातदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेको छ। यस अवधिमा लामो दूरीको यात्रा नगर्न मौसमविद्हरूले विशेष आग्रह गरेका छन् ।

कहाँ–कहाँ पर्छ भारी वर्षा ?

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार, विशेषगरी पूर्वी तराई र पहाडी क्षेत्रहरूमा भोलि रातिदेखि ठूलो पानी पर्नेछ। पर्सि (आइतवार) दिउँसोदेखि सोमवार बिहानसम्म भने यो वर्षा देशभर फैलनेछ। अत्यधिक वर्षाको सम्भावनास् बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको छ। आज भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा आज र भोलि मौसम सुक्खा रहनेछ।

लामो यात्रा नगर्न आग्रह

मौसमविद् उपाध्यायले अबको केही दिनको अवधिमा लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ। विशेषगरी, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँले आग्रह गर्नुभएको छ। भारी वर्षाले यी सडक खण्डहरूमा पहिरो र बाढीको जोखिम बढ्न सक्छ। बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लाहरूमा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । पूर्वी नेपालको इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङमा बाढीको मध्यम जोखिम रहेको छ ।

मध्य तथा पश्चिम नेपालको सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमजुङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुला पनि मध्यम जोखिममा परेका छन् । महाशाखाले बाढीको जोखिम भएका र वरपरका जिल्ला भई बग्ने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै, सबैलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिइन्छ।


सम्बन्धित समाचार