Logo

२ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि पोलिटब्युरो बैठक सुरु भएको छ।

यो बैठकमा सचिवालय बैठकले तय गरेका विधान संशोधनका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुनेछ। बिहीबार अबेर रातिसम्म बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्तावहरू अघि सारेको थियो। यी प्रस्तावहरूमाथि पोलिटब्युरो बैठकमा गहन छलफल हुनेछ र त्यहाँबाट पारित भएपछि ती प्रस्तावहरू केन्द्रीय कमिटी हुँदै आगामी भदौ महिनामा हुने विधान महाधिवेशनले अनुमोदन गर्नेछ।

सचिवालय बैठकले विशेषगरी ७० वर्षे उमेर हद, २ कार्यकालको व्यवस्था, पदाधिकारीको संख्या, विधान महाधिवेशन प्रतिनिधि छनोट लगायतका विषयमा नयाँ निर्णय गरेको थियो । यी विषयहरूमा पार्टीभित्र केही नेताहरूले फरक मत राखेका कारण आजको पोलिटब्युरो बैठकलाई निकै चासोका साथ हेरिएको छ। विधान संशोधनका यी प्रस्तावहरूले एमालेको आगामी नेतृत्व र पार्टी संरचनामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।


सम्बन्धित समाचार