Logo

३ साउन,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ जानकी टोलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले ९ जनालाई रंगेहात पक्राउ गरेको छ।

स्थानीय केशव सुनुवारको घरको तेस्रो तलामा जुवाको खेल भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुभास साहको नेतृत्वमा खटिएको टोलीले छापा मारेको थियो। प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी बिजयराज पण्डितले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट १ लाख ५४ हजार ६८० रुपैयाँ नगदसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा जितपुरसिमरा–१ का सुसन खाती सुनार, राजकुमार भट्टराई, वडा नम्बर २ का बलराम बिश्वकर्मा, सुमन कुमार भट्टराई, अभय कुमार श्रीवास्तव, केशव सुनुवार, थहलबहादुर बिश्वकर्मा, शिवजी प्रसाद साह र बलराम कुमार क्षेत्री रहेका छन्।

पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले जुवा खेलाइने स्थानहरूमा निगरानी बढाएको र जुवा, सट्टेबाजी तथा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाड्ने जनाएको छ।


सम्बन्धित समाचार