Logo

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भावित भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारलाई तत्काल विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएपछि प्रचण्डले यो आग्रह गरेका हुन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा बाढी र पहिरोको जोखिम बढेको भन्दै विशेषगरी नदी किनारका क्षेत्र, डुबान हुने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचना पालना गर्न आह्वान गरेका छन् । उनले विपद् पूर्व(तयारी र प्रतिकार्यमा उच्च सतर्कता अपनाउन सरकारलाई जोडदार अनुरोध पनि गरेका छन् ।

पार्टी पंक्तिलाई निर्देशन

प्रचण्डले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् । उनले पार्टी पंक्तिलाई जनतालाई समयमै सूचना दिन, आवश्यक राहत तथा सुरक्षाका उपायहरूमा सहयोग पुर्‍याउन र विपद्मा परेकाहरूलाई साथ दिन अपिल गरेका छन् ।

यो खबरले मनसुन सुरु भएसँगै नेपालमा बढ्ने प्राकृतिक विपत्तिको जोखिम र त्यसको पूर्वतयारीमा सबै सरोकारवाला निकायहरूको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई औँल्याएको छ।


सम्बन्धित समाचार