प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्माको शव आइतबार बिहान फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले खोजीका क्रममा विश्वकर्माको शव भेटिएको जानकारी दिए।

पहिरोमा परी छविलालकी श्रीमती, ७६ वर्षीया विष्णुमती विश्वकर्मा भने अझै बेपत्ता छिन्। घर भत्किएपछि बुहारी, ३२ वर्षीया पवित्राले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्।


सम्बन्धित समाचार