Logo

४ साउन,काठमाडौं । भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसो भएको डुंगा दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण पर्यटक सवार डुंगा पल्टिएको हो।

बीबीसीका अनुसार, दुर्घटनाग्रस्त डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्य गरी कुल ५३ जना सवार थिए। उद्धार टोलीले हालसम्म ११ जनालाई जीवितै उद्धार गर्न सफल भएको छ।

पर्यटकहरू डुंगामा रमाइरहेका बेला तीव्र हावा, भारी वर्षा र चट्याङसहितको आँधीबेरी आएपछि डुंगा पल्टिएको बताइएको छ। यस घटनाले भियतनामको पर्यटन क्षेत्रमा ठूलो धक्का पु¥याएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै