Logo

४ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल जाने भएकी छिन् ।

दिउँसो ३ बजे च्यासल पुग्ने तयारीमा रहेकी भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। ओलीसँगको यस भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र एमालेभित्रका आन्तरिक विषयमा छलफल हुने अनुमान गरिएको छ। पछिल्लो समय राजनीतिमा सक्रिय विद्यालाई रोक्न ओलीले विधान संशोधनलाई हतियार बनाएको चर्चा चलिरहँदा उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।


सम्बन्धित समाचार