४ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
आज छापावाल सुनको भाउ तोलामा रु ८०० ले बढेर रु १ लाख ९३ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार रु १ लाख ९२ हजार ५०० मा कारोबार भएको सुनको मूल्यले यो साताको सुरुवातमा नै ठूलो फड्को मारेको हो । सुनको भाउमा आएको यो वृद्धिसँगै लगानीकर्ता तथा उपभोक्तामा चासो बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउमा आएको परिवर्तनले सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरू बताउँछन् ।
सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा रु ५ ले बढेर रु २ हजार २८५ कायम भएको छ। शुक्रबार चाँदीको भाउ तोलाको रु २ हजार २८० रहेको थियो । बढ्दो मूल्यका कारण सुनचाँदीको कारोबारमा असर पर्ने अनुमान गरिएको छ। विवाह तथा अन्य शुभकार्यको सिजन नजिकिएसँगै बढेको भाउले उपभोक्तालाई थप भार पर्ने देखिएको छ ।















