Logo

५ साउन, वीरगञ्ज । कादम्बरी एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए  ल्याउने ४ जना विद्यार्थीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ। आइतबार एक विशेष कार्यक्रमका बीच विद्यार्थी र उनीहरूका अभिभावकलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।

२० वर्षको अन्तरालमा एकैचोटि ४ जना विद्यार्थीले ४ जीपीए ल्याउनु विद्यालयका लागि ठूलो सफलता भएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कादम्बरी स्कुललाई अब विद्यालयमा मात्र सीमित नभई क्याम्पस सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल होस् भनी शुभकामना व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, विशिष्ट अतिथिमा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, शिक्षा विकास समन्वय इकाई समिति पर्साका प्रमुख हरि राउत, वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष हिरालाल गिरी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, तथा सञ्चारकर्मी उज्जवल शर्मा, जगत राई, सन्तोष कुशवाहा, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा अभिभावक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको व्यवस्थापन कादम्बरी स्कुलका प्राचार्य राजेन्द्र आचार्य लगायत विद्यालय परिवारले गरेको थियो।


सम्बन्धित समाचार