Logo

५ साउन, वीरगञ्ज । आज साउनको पहिलो सोमबार, वीरगञ्ज सहित देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। हिन्दु धर्मावलम्बीले साउन महिना र सोमबारलाई भगवान् शिवको विशेष महिनाको रूपमा मान्दै आएका छन्।

यस दिन शिवजीको पूजा, आराधना र दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यही विश्वासले गर्दा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको हो। शास्त्रीय मान्यताअनुसार, साउनको सोमबार शिवलाई शुद्ध जल अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ। व्रत सुरु गर्नेहरुले पनि साउने सोमबारको व्रत प्रारम्भ गर्छन्।

साउनको सोमबार व्रत बस्नाले मनको इच्छा पूरा हुनुका साथै अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ वीरगञ्ज चिनी कारखानाको आवासक्षेत्र परिसरमा रहेको पशुपति मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।

केहीबर्ष पहिले वीरगञ्जकै अलखिया मठमा रहेको मन्दिरमा भीड लाग्ने गरेकोमा वीरगञ्ज महानगरपालिकाले पशुपति मन्दिरलाई सौन्दर्यकरण गरेर व्यवस्थित बनाएपछि आवासक्षेत्र भित्रको पशुपति मन्दिरमा भक्तजनहरुको भीड लाग्न थालेको हो । त्यहाँ हरेक बर्ष साउन महिनाभर मेला समेत लाग्न थालेको छ ।

मेलामा विभिन्न किसिमका खेलहरु तथा विभिन्न परिकारका ठेला तथा पसलहरु पनि राख्ने गरेका छन् । धार्मिक आस्था राख्नेहरु मन्दिरमा पूजा गर्न आउने गरेका छन्, भने मेला हेर्नेहरुको पनि उत्तिकै भीड हुने गरेको छ । मन्दिरमा दर्शन र पूर्जाअर्चनाका लागि आउने श्रद्धालु भक्तजनहरुको सहजताका लागि मन्दिर व्यावस्थापन समिति र नगर प्रहरीले व्यावस्था मिलाएका छन् ।

वीरगञ्जको पशुपति मन्दिरमा भक्तजनहरु :

 

 


सम्बन्धित समाचार