Logo

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

दिउँसो १२ बजेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती मन्तव्य राख्दै समसामयिक राजनीति, सरकारको एक वर्षका कार्यहरू र पार्टी सचिवालय तथा पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी गराएका छन् । महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाबारे ब्रिफिङ गरेपछि बैठक विधान संशोधन प्रस्तावमाथिको छलफलमा प्रवेश गरेको छ।

विधान संशोधन प्रस्तावमाथिको विस्तृत छलफललाई व्यवस्थित गर्नका लागि बैठकले तीन जना नेतालाई बहस नोट तयार पार्ने जिम्मेवारी तोकेको छ। यो जिम्मेवारी पाउने नेताहरूमा सांसद सूर्य थापा र केन्द्रीय सदस्यहरू विष्णु रिजाल तथा निरज आचार्य रहेका छन्। यसले एमालेको आगामी सांगठनिक स्वरूप र नीतिगत दिशामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

 


सम्बन्धित समाचार