प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

५ साउन, काठमाडौं । नेपाल प्रहरीले आफ्नो सांगठनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न पदमा २४ जना अधिकारीहरूको बढुवा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयस्थित बढुवा समितिका सदस्यसचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिअनुसार, ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) र १३ जना प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

एसपीमा बढुवा सिफारिस हुनेहरू ?

डीएसपीबाट एसपीमा बढुवा सिफारिस हुने ११ जनामा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन्। यी अधिकारीहरू अब प्रहरी संगठनमा थप महत्वपूर्ण जिम्मेवारी सम्हाल्न तयार छन्।

डीएसपीमा बढुवा सिफारिस हुनेहरू?

इन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस हुने १३ जनामा वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल रहेका छन्। यो बढुवा सिफारिसले प्रहरी संगठनको मध्य तहमा नयाँ ऊर्जा र क्षमतावान नेतृत्वको प्रवेश गराएको छ।


सम्बन्धित समाचार