Logo

५ साउन, काठमाडौं । चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार, अग्रवाललाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । अग्रवालको पक्राउसँगै अब उक्त आपराधिक लाभ र ठगी मुद्दामा थप अनुसन्धान अगाडि बढ्ने भएको छ।


सम्बन्धित समाचार