५ साउन, काठमाडौं । नेपालको सेयर बजार परिसूचक नेप्से सोमबार २१ दशमलव ७६ अंकले बढेर २८९२ अंकमा पुगेको छ।
यो गत वर्षको भदौ ९ गतेयताकै (करिब ११ महिनाकै) उच्च विन्दु हो, जुन दिन नेप्से २८९४ अंकमा थियो । यो वृद्धिसँगै, समग्र बजारको पूँजीकृत रकम ९मार्केट क्याप० ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । यसअघि गत फागुन १८ गते ४७ खर्ब ९९ अर्ब रुपैयाँको कीर्तिमान बनेको थियो, जसलाई आजको बजारले उछिनेको छ। यद्यपि, अघिल्लो दिनको २१ अर्ब ४६ करोडको तुलनामा आज कारोबार रकम भने केही घटेर १६ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ।
कुन–कुन समूहमा उत्साह, कुनमा गिरावट ?
आज बजारमा १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १ दशमलव ९३ प्रतिशतले उकालो लाग्यो। बैंकिङ ० दशमलव ४८, विकास बैंक १ दशमलव ४२, होटल तथा पर्यटन ० दशमलव ३, हाइड्रोपावर ० दशमलव ४६, लगानी ० दशमलव ३७, जीवन बीमा ० दशमलव ०२, उत्पादन तथा प्रशोधन ० दशमलव ३७, निर्जीवन बीमा १ दशमलव २७, अन्य १ दशमलदव ८४ र व्यापार ० दशमलव ४३ लगायतका समूह पनि सकारात्मक रहे।
आजका चम्किला र ओइलाएका ताराहरू
आज थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जीको मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। उन्नति सहकार्य लघुवित्तको ९।४० प्रतिशत र फस्र्ट माइक्रोफाइनान्सको ८।९९ प्रतिशत मूल्य बढ्यो। यता, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा भने १० प्रतिशतले गिरावट आयो। सिन्धु विकास बैंकको मूल्य पनि ६।३६ प्रतिशतले घट्यो।
आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहे। यसरी नेप्सेको यो नयाँ उचाइ र बजार पुँजीकरणको रेकर्डले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको छ।















