Logo

५ साउन, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा तीर्थयात्रीहरूबीच भएको झगडामा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।

दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीहरूबीच भएको झगडामा चक्कु प्रहारमा एक जनाको ज्यान गएको हो । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जनाभन्दा बढी तीर्थयात्री बसिरहेका बेला विवाद भई झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले घटनास्थल पुगेर जानकारी दिँदै झगडाका क्रममा चक्कु प्रहारबाट एक तीर्थयात्रीको ज्यान गएको पुष्टि गरेका छन् । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

झगडापछि चक्कु प्रहार गर्ने व्यक्तिहरू जंगलतर्फ भागेका थिए। प्रहरीले हत्यामा संलग्नहरूको खोजी कार्य जारी राखेको छ भने शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ।


सम्बन्धित समाचार