६ साउन, काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ।
कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा १९।२४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोडको व्यापार भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा आयात १३ दशमलव २५ प्रतिशतले बढेर १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोडको आयात भएको थियो।
यस वर्षको सकारात्मक पक्ष भनेको निर्यातमा भएको ८१ दशमलव ८० प्रतिशतको उच्च वृद्धि हो। गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जबकि अघिल्लो वर्ष यो १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ मात्र थियो।
निरन्तर बढ्दो व्यापार घाटा
निर्यातमा ८० प्रतिशतभन्दा बढीको उत्साहजनक वृद्धि भए पनि नेपालको व्यापार घाटा भने ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ। आर्थिक वर्ष २०८०र८१ मा १४ खर्ब ४० अर्ब ६० करोड रहेको व्यापार घाटा २०८१र८२ मा बढेर १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यो तथ्यांकले निर्यात प्रवर्द्धनका प्रयासहरू सफल हुँदै गएको देखाए पनि आयातको उच्च चापका कारण व्यापार सन्तुलन कायम गर्न अझै चुनौती रहेको स्पष्ट पार्छ।















