७ साउन, चितवन । चितवनको कालिका नगरपालिका–९, शक्तिखोरस्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
राप्ती नगरपालिका–११ निवासी ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
प्रजा असार २८ गते छोरीलाई भेट्न शक्तिखोर गएका थिए तर त्यसपछि सम्पर्कविहीन भएका थिए । परिवार र आफन्तले निरन्तर खोजी गरे पनि मंगलबार मात्र शक्तिखोरको जंगलमा उनको शव फेला परेको हो ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ भने शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ। मृत्युको कारण खुल्न बाँकी छ ।















