Logo

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।

सांसदहरूसँगको नियमित प्रश्नोत्तरअघि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा सरकारका काम, वर्तमान राजनीतिक परिस्थिति र प्रतिपक्षी दलका नेताले गरेका सम्बोधनको जवाफलगायतका विषयहरू समावेश हुनेछन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। विशेष सम्बोधनपछि प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आज संसदमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेकार्यसूचि छ ।


सम्बन्धित समाचार