७ साउन, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा तोलाको २,१०० रुपैयाँले ठूलो वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ हजार ३५० रुपैयाँ कायम भएको छ, जुन मङ्गलबारको २ हजार ३२० रुपैयाँभन्दा बढी हो ।















