७ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ।
अख्तियार स्रोतका अनुसार श्रेष्ठलाई बयानका लागि बोलाइएको थियो र बिहान १० बजेदेखि उनीसँग सोधपुछ सुरु भएको छ। घुसकाण्डमा जोडिएको भनिएका विषयमा अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको बुझिएको छ।















