७ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले गरेको सशस्त्र विद्रोहलाई इतिहासले प्रमाणित गरिसकेको दाबी गरेका छन्।
मार्क्सवादी ज्ञान केन्द्रद्वारा लिखित ‘गणतन्त्र अगाडि र पछाडिको नेपालस् तुलनात्मक अध्ययन’ नामक पुस्तकको बुधवार काठमाडौँमा लोकार्पण गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रचण्डले माओवादी विद्रोहकै कारण अहिले सबै वर्ग र समुदायले अधिकार पाएको जिकिर गरे। उनले भने, ‘हामीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ। माओवादीले विद्रोह गरेकाले नै अहिले मधेसी, दलित, महिला, जनजाति, पिछडिएका वर्ग समुदायले यति धेरै अधिकारी पाएका छन्। कसैले स्वीकार गरे पनि वा नगरे पनि हरेक वर्ग, जाति, समुदायले माओवादीलाई नबिर्सने इतिहास बनेको उनको भनाइ थियो। यसैले गणतन्त्रको सबैभन्दा बढी चिन्ता माओवादीलाई रहेको उनले स्पष्ट पारे।















