७ साउन, काठमाडौं । नेप्से परिसूचकमा आज लगातार सातौँ कारोबार दिन पनि वृद्धि देखिएको छ।
नेप्से आज ५ दशमलव १७ अंकले बढेर २९७८ दशमलव ८८ विन्दुमा पुगेको हो । आज फाइनान्स समूहको शेयरमा ३ प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको शेयर उकालो लागेको छ ।
कुन कम्पनीको शेयर बढ्यो, कुन घट्यो?
आजको कारोबारमा ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। यद्यपि, समग्र बजारमा सामान्य वृद्धि भए पनि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ। नेप्सेमा वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। हिजो २० अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएका छन् ।















