Logo

७ साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा विगत तीन सातादेखि रेबिजविरुद्धको खोप (सुई) अभाव भएको छ। निःशुल्क उपलब्ध हुनुपर्ने यो खोपको अभावले सेवाग्राही मर्कामा परेका छन्।

अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार, स्वास्थ्य विभागले प्रदेशलाई र प्रदेशले रेबिजको उपचार गर्ने अस्पताल तथा संघसंस्थालाई यो खोप उपलब्ध गराउने व्यवस्था छ। तर, केन्द्रबाटै खोप उपलब्ध नभएका कारण नारायणी अस्पतालमा खोप दिन नसकिएको डा. सिंहले बताए।

यो अभाव पर्सा जिल्लाका अन्य विभिन्न स्वास्थ्य संस्थामा पनि रहेको जानकारी दिइएको छ। अस्पतालले यस विषयमा प्रदेश आपूर्ति शाखा र केन्द्रसम्म लिखित जानकारी गराइसकेको छ।

हाल दैनिक १० देखि १५ जना रेबिजको खोप लगाउन आउने गरेको र उनीहरूलाई बाहिरबाट किनेर ल्याउन सिफारिस गर्ने गरिएको डा। सिंहले जानकारी दिए। अस्पतालले सेवाग्राहीको जानकारीका लागि सूचना पनि टाँस गरेको छ।

डा.सिंहले यो साउन महिनाभित्रै खोप आपूर्ति हुने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार