प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

प्रतिकात्मक चित्र

८ साउन, काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान एउटा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

हिमाली गाउँपालिकाको वडा नम्बर ५, क्युडी मा भएको उक्त दुर्घटनामा २६ जना यात्रु सवार थिए। वडाअध्यक्ष प्रदीप बुढथापाले दिएको जानकारी अनुसार, अहिलेसम्म १५ जना घाइते भएको पुष्टि भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको र स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको छ। यो दुखद घटनाले स्थानीय क्षेत्रमा गहिरो शोक छाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार