८ साउन, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
आज सुनको मूल्य प्रति तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो १ लाख ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ९५ हजार २०० रुपैयाँ प्रति तोला कायम भएको छ।
चाँदीको मूल्यमा पनि कमी आएको छ। हिजो २ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज २ हजार ३३५ रुपैयाँ प्रति तोलामा झरेको छ। यसैगरी, प्रति १० ग्राम छापावाल सुनको मूल्य आज १ लाख ६७ हजार ३३५ रुपैयाँ तोकिएको छ।















