Logo

काठमाडौँ — पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन संविधानले कुनै अवरोध नगर्ने स्पष्ट पारेका छन्।

उनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किनबाट रोक्ने प्रयासलाई ुराजनीतिक दोहोरो मापदण्डु को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत कार्कीले पूर्वसभामुखहरू रामचन्द्र पौडेल र सुवास नेम्वाङ आ–आफ्नो दलमा फर्किएको, बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बनेको, र उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष भएकै उदाहरण दिँदै पूर्वराष्ट्रपतिले मात्र राजनीतिमा फर्कन नहुने तर्कलाई खारेज गरेका छन्। उनले व्यंग्यात्मक रूपमा लेखेका छन्, ’बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएकै हुन् । उपराष्ट्रपति नन्द बहादुर पुन माओवादीमा उपाध्यक्ष हुँदा आकाश खसेको छैन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मझेरी टेक्नु हुन्न’

कार्कीले राष्ट्रपतिको पद मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र सेनाको परमाधिपति हुने भएकाले दलगत हुन नहुने र पदको गरिमाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । तर, पूर्वराष्ट्रपति ती संवैधानिक भूमिकामा नरहने भएकाले संविधानले उनीहरूलाई राजनीतिमा फर्कनबाट नरोक्ने उनको जिकिर छ।

उनको प्रश्न छ, ‘संविधानले रोक्दैन, राजनीतिले रोक्न मिल्छ’? कार्कीको यो भनाइले पूर्वराष्ट्रपतिहरूको राजनीतिक भूमिकाबारे नयाँ बहस सुरु गरिदिएको छ।


सम्बन्धित समाचार