Logo

साउन, काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवादले गम्भीर मोड लिएको छ।

कम्बोडियाका अधिकारीहरूले चलाएको गोलीबाट एक थाई नागरिकको मृत्यु र तीन जना घाइते भएपछि थाई सेनाले कम्बोडियामा हवाई आक्रमण गरेको छ । बैंकक पोष्टको अनलाइन संस्करणका अनुसार, थाई सेनाले कम्बोडियाका दुईवटा सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको हो । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले ‘हामीले योजना अनुसार, सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौँ’ भन्दै आक्रमणको पुष्टि गरेका छन् ।

यो तनाव थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा कम्बोडियाली सैनिकहरूले एक थाई सैन्य बेसमा गोली हानेपछि सुरु भएको थियो। बिहीबार बिहानसम्ममा कम्तिमा छ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा उल्लेख छ।

कम्बोडियाका अधिकारीहरूले पनि थाइल्याण्डको हवाई आक्रमणको पुष्टि गरेका छन्।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाईल्याण्डले कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको स्वीकार गरेका छन्। यस घटनाले दुई देशबीचको सम्बन्धमा थप जटिलता ल्याएको छ र सीमा क्षेत्रमा थप हिंसा भड्किन सक्ने चिन्ता बढाएको छ।

 


सम्बन्धित समाचार