Logo

८ साउन, काठमाडौं । नेपाली सेयर बजारले लगातार आठौं कारोबार दिनमा पनि वृद्धि कायम गरेको छ, योसँगै नेप्से परिसूचक २९८२ अंकमा पुगेको छ।

यद्यपि पछिल्ला दुई दिनको वृद्धि भने एकल अंकमा खुम्चिएको छ । बुधबार ५ दशमलव १७ अंक बढेको बजार आज बिहीबार ३ दशमलव ७६ अंकले मात्रै बढेको छ। आज बजारमा केही उतारचढाव देखिएको थियो। बिहान ११ः३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १स्२३ बजे २९६४ अंकसम्म झरेको थियो, तर दिनको अन्त्यमा भने सकारात्मक बतिको साथ बन्द भयो।

कारोबारमा जलविद्युतको दबदबा

उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो। समूहगत रुपमा हेर्दा हाइड्रोपावर समूह सबैभन्दा धेरै २ दशमलव ०० प्रतिशतले बढ्यो, जसले कुल कारोबारको ४५ प्रतिशत हिस्सा ओगटेको छ। हाइड्रोपावर समूहको मात्रै ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो। विकास बैंक १ दशमलव ०६ प्रतिशत, होटल तथा पर्यटन ० दशमलव ४६ प्रतिशत, लगानी ० दशमलव २५ प्रतिशत र व्यापार ० दशमलव २८ प्रतिशतले बढे।

यसको विपरीत, बैंकिङ ० दशमलव ६१ प्रतिशत, फाइनान्स ० दशमलव ७६ प्रतिशत, जीवन बीमा ०।२३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०।५८ प्रतिशत, माइक्रोफाइनान्स ० दशमलव २३ प्रतिशत, निर्जीवन बीमा ० दशमलव ५७ प्रतिशत र अन्य ० दशमलव ०९ प्रतिशतले घटे।

चम्किए चार कम्पनी

आज चार कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। ती कम्पनीहरूमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर रहेका छन्। त्यस्तै, हिमालयन हाइड्रोपावरको ८ दशमलव ४१ प्रतिशत र मायाखोलाको ७ दशमलव ४ प्रतिशत मूल्य बढ्यो। उता, उन्नति सहकार्य लघुवित्तको ३ दशमलव ५८ प्रतिशत र समृद्धि फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो।

आज धेरै कारोबार भएका पाँच कम्पनीहरूमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स रहेका छन्। आजको बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

 


सम्बन्धित समाचार