Logo

८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले वर्तमान केपी ओली नेतृत्वको मन्त्रिपरिषद् अहिलेसम्मकै सबैभन्दा भ्रष्ट र विवादित रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्वालाले प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि व्यवहारमा भने त्यसको ठीक उल्टो देखिएको टिप्पणी गरे। ज्वालाले आक्रोश व्यक्त गर्दै भने, ‘अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ। यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू?’ उनले भ्रष्टाचारमा जोडिएका मन्त्रीहरूलाई राजीनामा दिएर मात्र उन्मुक्ति नदिन र कारबाहीको प्रक्रिया अघि बढाउन माग गरे ।

सांसद ज्वालाले सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरिएकोमा समेत आपत्ति जनाए । उनको यो भनाइले सरकारको सुशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार