Logo

९ साउन, काठमाडौं । नेपाली सेयर बजारमा उत्साह थप्दै ९ वटा कम्पनीको सेयर मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

वितरित हकप्रद र बोनस सेयरपश्चात् समायोजित मूल्य गणनामा यी कम्पनीहरूले नयाँ उचाइ चुमेका हुन् । उच्च मूल्य हासिल गर्ने कम्पनीहरूमा हाइड्रोपावर सेक्टरको वर्चस्व देखिएको छ, कुल ९ मध्ये ५ वटा जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीहरूमा कालिका पावर, राधी विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सान्भी इनर्जी सामेल छन् । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८ दशमलव २२ रुपैयाँ, राधीको ८७० दशमलव ५४ रुपैयाँ, बुटवल पावरको १०३३ दशमलव २८ रुपैयाँ, ङादी ग्रुपको ४४६ दशमलव ०५ रुपैयाँ र हालै सूचीकृत सान्भी इनर्जीको ५७७ दशमलव ९० रुपैयाँ पुगेको छ।

हाइड्रोपावरबाहेक, नेपाल पुनर्बीमा र हालै सूचीकृत ट्रेड टावर को सेयर मूल्य पनि ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। त्यस्तै, विकास बैंक समूहअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंक र लगानी समूहको सीईडीबी होल्डिङ्स ले पनि आफ्नो उच्चतम मूल्य कायम गरेका छन्। यसले सेयर बजारमा केही कम्पनीप्रति लगानीकर्ताको बढ्दो विश्वास र आकर्षणलाई देखाउँछ।

 


सम्बन्धित समाचार
भर्खरै